जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १३:४५

उच्च वेगमा आएको हावाको कारण डुङ्गा डुब्दा सातको मृत्यु


चीन, साउन ३२

चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो ।

उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ । स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भईरहेको जनाइएको छ । डुङ्गा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रति सेकेण्डको हिसाबबाट हावा चलेको अधिकारीहरुले जानकारी दिएका छन् ।