काठमाडौं, २२ असार । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ४३ पुगेको छ।रोयटर्सका अनुसार मृतकमा १५ बालबालिका पनि छन्। बाढीमा फसेका ८५० जनाको भने उद्धार गरिएको छ।
केरभिल सहरका प्रबन्धक डाल्टन राइसले शनिबार साँझ पत्रकार सम्मेलनमा बताएअनुसास २७ युवतीसहित धेरै जना बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससमा बाढीका कारण भएको विपद्बारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनले लेखेका छन्, ‘ट्रम्प प्रशासन टेक्ससमा शुक्रबार आएको भीषण बाढीपछि उद्धारका लागि राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम चाँडै त्यहाँ पुग्ने छन्।’
प्रतिक्रिया दिनुहोस्