काठमाडौं, असोज ७ । रौतहटमा कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् ।
पेस्तोल बोकेर हिँडिरहेको सूचना पाएपछि प्रहरी चौकी नरकटिया मोतिपुर र सशस्त्र प्रहरीको बंकुलस्थित टोलीले दासलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार दासको साथबाट १२ बोरे कटुवा पेस्तोल बरामद भएको छ ।
पक्राउ परेका दासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्