काठमाडौं, भदौ ३१ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले महासचिव शङ्कर पोखरेललाई निकै तितो बचनको बाण हान्नुभएको छ । अध्यक्ष केपी ओलीलाई पार्टीबाट हटाएर आफू नेतृत्व लिने अभियानमा रहनुभएका महासचिव पोखरेललाई मंगलबार भण्डारीले तितो बचन लगाउनु भएको हो ।
पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उहाँलाई पार्टीमा फर्काउनै नहुने र सदस्यता दिनै नहुने अभियानका नेतृत्वकर्ता रहनुभएका महासचिव पोखरेलमाथि पूर्वराष्ट्रपति भण्डारीले ‘नेतृत्वदायी व्यक्तिहरूलाई निषेध गरेर पार्टी नबन्ने र शङ्कर नै सो बिचारको नेता रहेकोले त्यो लाइन निकै घातक रहेको’ भनाई राख्नुभएको छ ।
भण्डारीलाई सदस्यता नदिन महासचिव पोखरेलले नै अध्यक्ष केपी ओलीलाई महिनौँ लगाएर कन्भिन्स गर्नुभएको थियो । भण्डारीले सो विषयमा समेत निकै तिखो बचन लगाउनु भएको उहाँ निकट स्रोतले जनताटाइम्स डटकमलाई बतायो । एमाले महासचिव पोखरेले राष्ट्रपति निर्वाचित भएपछि र बिदा भएपछि पहिलो पटक एक्लै भेट्न जानुभएको हो । एमाले महासचिव पोखरेललाई पूर्वराष्ट्रपति भण्डारीले नै चितवन महाधिवेशनमा दबाब दिएरै महासचिव बनाउनु भएको थियो ।
‘नेतृत्वदायी व्यक्तिहरूलाई निषेध गरेर पार्टी बन्छ कि कब्जा हुन्छ ? जो जो हिजोका नेता छन्, त्याग गरेका छन्, ती सबैलाई लखेटेर पुनर्गठन हुन्छ ?’ स्रोतका अनुसार महासचिव शंकरसँग भण्डारीको भनाई थियो

तर महासचिव बनेपछि आफैँ विरुद्ध र इतिहास बनाएका नेताहरू विरुद्ध पोखरेल लागेको आफ्नो बुझाइसमेत भेटमा उहाँले सुनाउनु भएको छ । ‘नेतृत्वदायी व्यक्तिहरूलाई निषेध गरेर पार्टी बन्छ कि कब्जा हुन्छ ? जो जो हिजोका नेता छन्, त्याग गरेका छन्, ती सबैलाई लखेटेर पुनर्गठन हुन्छ ?’ स्रोतका अनुसार महासचिव सङ्करसँग भण्डारीको भनाई थियो ।
एमाले महासचिव भण्डारी मंगलबार दिउँसो बालुवाटारस्थित भण्डारीको निवासमा एक्लै भेट्न जानुभएको थियो । स्रोतका अनुसार काभ्रेको बल्थलीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक चल्दै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको जानकारीपछि पोखरेल सहयोग माग्दै भण्डारी निवास पुग्नुभएको थियो ।
भेटमा भण्डारीले पार्टी र आन्दोलनको रक्षाका पक्षमा आफू दृढताका साथ उभिएको भन्दै पार्टी र आन्दोलन जोगाउने नाममा निश्चित व्यक्तिहरूलाई निषेध, तेजोवध तथा मानमर्दनको शृङ्खला जायज नभएको प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।
बल्थलीमा कार्यदल बैठक चलिरहेको बेला अध्यक्ष ओलीसँग भेट हुनुलाई संयोग मात्र भन्दै भण्डारीले कुनै प्रकारको सम्झौता वा सर्तमा कुरा नभएको पोखरेललाई सुनाउनुभयाे ।
‘आजको मुख्य आवश्यकता एउटा सुदृढ पार्टीलाई बचाउने, कम्युनिष्ट आन्दोलन जोगाउने र जनतामा छाएको निराशालाई चिर्ने हो,’ भण्डारीले पोखरेलसँग भन्नुभएको छ, ‘त्यसो गर्नका लागि विधिसम्मत पहल गर्नुस्, व्यक्तिका विषयमा धेरै टिप्पणी नगरौँ, म तपाईंहरूको साथमा छु ।’














प्रतिक्रिया दिनुहोस्