काठमाडौं, भदाै । निर्वाचन आयोगले अन्य दलमा प्रवेश गरी दल त्याग गरेका विभिन्न पालिकाका १० जना जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको घोषणा गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम केन्द्रीय समितिले गरेको निर्णयको जानकारी आयोगलाई गराइएपछि आयोगको २०८३ भाद्र ३० गतेको निर्णयअनुसार ती स्थानहरू रिक्त भएको सूचना प्रकाशिक गरिएको हो।
पद रिक्त भएका जनप्रतिनिधिहरू:
- तनुकलाल कुसियैत – धनुषा (सहिदनगर नगरपालिका, वडा नं. ८), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (माओवादी केन्द्र)]
- जयराम मण्डल – धनुषा (विदेह नगरपालिका, वडा नं. ६), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (माओवादी केन्द्र)]
- शीवा पासमान – धनुषा (कमला नगरपालिका, वडा नं. ५), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (एकीकृत समाजवादी)]
- विहारी महतो कोइरी – धनुषा (मिथिला नगरपालिका, वडा नं. २), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (एकीकृत समाजवादी)]
- तुलाराम राई – खोटाङ (केपिलासगढी गाउँपालिका, वडा नं. ३), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (एकीकृत समाजवादी)]
- भुबलराज राई – खोटाङ (बराहपोखरी गाउँपालिका), उपाध्यक्ष [तत्कालीन दल: नेकपा (एकीकृत समाजवादी)]
- गणेश राज गिरी – कैलाली (बर्दगोरिया गाउँपालिका), उपाध्यक्ष [तत्कालीन दल: नेकपा (माओवादी केन्द्र)]
- मरिज बहादुर खड्का – दोलखा (जिरी नगरपालिका, वडा नं. ६), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (एकीकृत समाजवादी)]
- खेटराज घिमिरे – दोलखा (जिरी नगरपालिका, वडा नं. ३), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (माओवादी केन्द्र)]
- गयानन्द सरदार – मोरङ (धनपालथान गाउँपालिका, वडा नं. ५), वडा अध्यक्ष [तत्कालीन दल: नेकपा (माओवादी केन्द्र)]
आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बद्ध सबैको जानकारीका लागि २०८३ भाद्र ३१ गते यो आधिकारिक सूचना जारी गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्