जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १३:१८

कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेको राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट


काठमाडौं, असोज ७ । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको भोलिपल्टै डा. वाग्ले राष्ट्रपति भेट्न बुधबार शीतलनिवास पुग्नुभएको हो।

राष्ट्रपति पौडेलसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनुभएको थियो।

प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि सरकारको दैनिक कार्यसम्पादनको जिम्मेवारी डा. वाग्लेले सम्हाल्नुभएको छ।