जनता टाइम्स

२० फाल्गुन २०७९, शनिबार १८:३०

खसेर माधव नेपालका भाइ सरोजको निधन


काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छ्तबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्त अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो । उहाँ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हो । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।