जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १५:१०

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीको नाम सिफारिस


काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ ।

आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो । सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो ।