काठमाडौं, चैत ११ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले नेकपा एमाले प्रतिको शुभेच्छुकको धारणा सुन्न मिसन ग्रासरुट आयोजना गरिएको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अन्तरगत आयोजीत प्रतिष्ठान, एसोशिएट र उपत्यका प्रदेश समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पाण्डेले जनताका सरोकारका विषय बुझ्न पनि अभियान सञ्चालन गरिएको बताउनुभयो । जनताका सार्वजनिक जीवनमा सरोकार राख्ने विषय उहाँहरूको बिचबाट संकलन गर्न अभियान आयोजना गरिएको पाण्डेले बताउनुभयो ।
मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै पाण्डेले पार्टी संगठनमा कहाँ कहाँ समस्या छ भनेर हेर्न जरासम्म खोतल्नको लागि अभियान आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा एमाले विरुद्ध कतिपय सञ्चारमाध्यम नियोजित रूपमा लागेको बताउँदै उहाँले त्यसलाई चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्