काठमाडौं, बैशाख २७ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेलगत्तै पत्नी मञ्जु खाण सम्पर्कबिहीन हुनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पतिसँगै संलग्न रहनु भएकी कांग्रेस सांसद मञ्जु मोवाइल अफ गरी सिमसमेत निकालेर सम्पर्कबिहीन हुनुभएको हो । नक्कली भुटानी शरणाथी प्रकरणमा मञ्जुले साढे २ करोड रकम बुझेको बयान गिरोहका सदस्यले दिएका छन । पति बालकृष्ण पनि फरार हुन लागेको सुचनापछि प्रहरीले आज बिहान पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय सवैभन्दा मुख्य भूमिका तात्कालिन गृहमन्त्री खाणले नै खेलेको र सो कार्यमा मञ्जु संलग्न रहेको पाइएको छ । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद डा. आरजु राणा देउवा पनि यस प्रकरणमा संलग्न रहनुभएको तथ्य उजागर भइसकेको छ ।
गिरोहका सदस्यले आरजुलाई ६ करोड बुझाएको बयान दिएका छन । आरजुलाई जोगाउन देउवा आफै लागेपनि प्रमाणका आधारमा अनुसन्धानको दायरामा प्रष्ट देखिनुभएको प्रहरी स्रोतको भनाई छ ।
यता आरजुले छानविनलाई अन्इत्र मोडन र जोगिनका लागि डुब्न लागेको बेला परालको त्यान्द्रोको साहारा खोजे जस्तै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिँदै आफूलाई पोल्ने ब्यक्ति र अडियोमाथि छानविन होस भन्दै निवेदन दिनुभएको छ । उहाँको यो कार्यले उहाँ सो प्रकरणमा दोषी रहेको र बिक्षित्प अवस्थामा पुगेको तथ्य उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्