जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार ०९:५४

कोशी प्रदेशका खेलकुद सदस्य सचिव हंशराज वाग्ले बर्खास्त


बिराटनगर, जेठ ४ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्तीमा पर्नुभएको छ । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गरेको हो ।

बर्खास्त गर्नु अघि वाग्लेलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो । कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जवाफवाट सरकारले चित्रबुझाउन सक्ने अवस्था नभएपछि वाग्लेलाइ बर्खास्त गर्नु परेको हो ।