जनता टाइम्स

३ असार २०८२, मंगलवार १७:४२

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप


काठमाडौं ,३ असार : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् । प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ ।

दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।