जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १८:३८

बाबुरामले छोरीलाई बनाए सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख


काठमाडौं, २ साउन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले छोरी मानुषीलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएका छ । उहाँले छोरी मानुषी यमी भट्टराईलाई सूचना तथा सञ्चार प्रविधि विभागको प्रमुख तोक्नुभएको हो ।

विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ।

पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन विभागले काम गर्नेछ। नेसपाले साउन १ गतेदेखि संगठन सुदृढीकरण अभियानसमेत सञ्चालन गरेको छ।