विराटनगर, २२ भदौ । मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन् ।
उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो ।
प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा सिटमुनि नगद फेला परेको जनाएको छ । थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्