जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १४:१४

थुनियो किम्रोङ खोला, तटीय क्षेत्रका बस्ती जोखिममा


पोखरा, २१ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिएसँगै तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।

करिब १० घण्टादेखि खोला थुनिएसँगै अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । खोला थुनिएसँगै तटीय क्षेत्रका मानिसलाई सचेत रहन आग्रह गरिएको छ ।