जनता टाइम्स

२ कार्तिक २०८०, बिहीबार १६:१८

बडादशैंको दिन सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने, यस्तो छ समय तालिका


काठमाडौं, कात्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइ दिने हुनुभएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार सूचना जारी गर्दै कात्तिक ७ गते मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने जनाएको हो ।

सूचनाअनुसार सो दिन दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने कार्यक्रम रहेको छ भने अपरान्ह ३ बजेदेखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको छ ।