काठमाडौं, २२ असार । नवौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।
महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले २१ वर्षमुनि र सिनियरको व्यक्तिगत कुमुतेमा १र१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।
घरमा भएको सातौं संस्करण र भूटानमा भएको आठौं संस्करणमा भने नेपाल टिम विजेता बनेको थियो ।
श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम विजेता बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानमा रहेको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कांस्य जित्यो । ३ स्वर्ण, ७ रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो । ६ वटा देश सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसहित पाँचौं र भूटान १ रजत र १ कांस्यसहित छैटौं भए ।
प्रतिक्रिया दिनुहोस्