काठमाडौं, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
लुम्बिनी ३ खेलबाट २ जित र एक खेल वर्षाका कारण रद्द भएपछि प्राप्त अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यता जनकपुरले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोर्दै चौथो स्थानमा रहेको छ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।
विराटनगर ४ खेलबाट २ जित र २ हारसहित दोस्रो स्थानमा छ भने काठमाडौं २ खेलबाट एक जित र एक हारसहित सातौँ स्थानमा रहेको छ।
आजका दुवै खेल अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने दृष्टिले महत्त्वपूर्ण मानिएका छन्।














प्रतिक्रिया दिनुहोस्