काठमाडौं, कात्तिक १९ । यस वर्ष तिहारका पाँचै दिन देशका धेरैजसो स्थानमा मौसम सफा र घमाइलो रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काग तिहारदेखि भाइटीकासम्म तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा आंशिक बदली हुने सम्भावना छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, बिहानपख तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ।
तिहार अवधिमा ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिएकाले समग्रमा मौसम पर्व मनाउन अनुकूल रहने मौसमविद्हरूको भनाइ छ।
आज बिहीबार पनि पश्चिमी वायुको आंशिक प्रभाव रहने र हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्