जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार ०९:०६

आईजीपीमा पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने दानबहादुर कार्कीको तयारी


काठमाडौं, कात्तिक १९ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ।

कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीसँग रिट दर्ता गर्ने विषयमा परामर्श गर्नुभएको थियो। उहाँनिकट एक कानुन व्यवसायीका अनुसार समय अभावका कारण बुधबार रिट दर्ता हुन नसकेपछि आज सर्वोच्च जाने तयारी गरिएको हो।

मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेपछि त्यसविरुद्ध कानुनी चुनौती दिने तयारी भएको हो।

छलफलमा सहभागी एक कानुनविद्ले बिहीबार रिट दर्ता हुन सक्ने बताउँदै त्यसबारे परामर्श भइरहेको जानकारी दिएका छन्।