जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार ०९:२२

आजदेखि यू–१९ एसिया कप क्रिकेट सुरु, नेपालले भोलि भारतसँग खेल्ने


काठमाडौं, कात्तिक १९ । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदै छ। ओमानको अल अमेरातमा आयोजना हुने प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल भोलि कात्तिक २० गते भारतसँग खेल्नेछ। त्यसपछि कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र कात्तिक २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।

प्रतियोगिताको उद्घाटन दिन आज दुई खेल हुँदैछन्। मलेसिया र श्रीलंकाबीच तथा अफगानिस्तान र बंगलादेशबीच बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ।