काठमाडौं, २२ असार । पछिल्लो केही समययता ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको छ । ‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो । यसभित्र ‘पब्जी मुवाइल’, ‘इ फुटबल’ मुवाई लेजेन्स ’ रहेका छन् । विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको र अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी खेलिने भएकाले नेपालमा पनि यसको सुरुवात गरिएको छ । यसैवीच अलस्टार ई स्पोर्टसको आयोजनामा ई स्पोर्टस सोडाउन –२०२५ को आयोजना गरिएको छ । जस अन्र्तगत ई फुटवल, पब्जी मोवाइल, मोवाइल लेजेन्स रहेका छन् । यसको लागि भोली सोमवार देखि आउदो शुक्रवार सम्म खेलमा सहभागिता जनाउन आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
आवेदन दर्ताको लागि आई आई एम एस कलेज नक्सालमा सम्र्पक गर्न गर्नुका साथै ९७६५८३५०३७ तथा ९८६१९४५०२८ उक्त नम्वरमा पनि सम्र्पक गर्न सकिने आयोजकले जनाएको छ । विश्वमा ई–स्पोर्टस्को सुरुआत कम्प्युटरको विकास भइसकेपछि गेमहरु खेल्दा भएको मानिन्छ । त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ । विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ । नेपालमा पनि शिक्षा सगै ई खेललाई पनि संगसगै लैजान उक्त खेलको आयोजना गरिएको अलस्टर ई स्पोर्टस संस्थाले जनाएको छ । असार २९ गते देखि ३१ गते सम्म संचालन हुने खेलमा विजेतालाई नगद पुरस्कार सहित मेडल सटिफिकेटस्, ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्