काठमाडौं, मंसिर १७ । नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्राको चौथो दिन आज सुदुरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्न लागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउदै हिडेको टोली शनिवार अछामको मंगलसेनमा बास बसेको छ ।
आज मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख जिल्लास्थित राकममा बिहानको खाना खाने योजना रहेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आजको बास दैलेख बजारमा हुनेछ ।
आजको यात्रामा बिनायक, राकम, जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ । दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ । एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो । मध्यपहाडको आर्थिक सामापिजक रुपान्तरणका लागि पक्षमा यो यात्रा जारी गरिएको एमालेले जनाएको छ ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुष २ गते पूर्वी सिमा विन्दु पाँचथरको चिवाभञ्ज्याङ्मा पुगेर समापन हुनेछ । यस अभियानको क्रममा एमालेले लोकमार्गको आर्थिक समृद्धिकोखाका कोर्नुका साथै सडक छोट्याउन प्राबिधिक टोलीसमेत साथमा लगेको छ ।
प्रतिक्रिया दिनुहोस्