जनता टाइम्स

२६ बैशाख २०८२, शुक्रबार १५:३८

माधव नेपाल अस्पताल भर्ना, देखियो मुटुमा समस्या


काठमाडौं, बैशाख २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । अध्यक्ष नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना हुनुभएको हो ।

नेपालको मुटुमा समस्या आएकोले सेन्टरमा सीसीयूमा भर्ना भएको र उपचार जारी रहेको छ । नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा अध्यक्ष नेपाल विहीबार आफैँ अस्पताल जानुभएको थियो ।

विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उहाँ त्यहाँ भर्ना हुनुभएको हो । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ ।