काठमाडौँ । यो साता सेयर बजार परिसूचक बढेको छ । साता कारोबार भएका पाँच दिनमध्ये सातामा ३ दिन घटेको सेयर बजार बुधबारको उच्च सुधारका कारण बढेको अवस्थामा रहन सकेको हो । यसमध्ये आइतबार ३.४४ अंकले बजार घटेको थियो । सोमबार ९.९८ घटेको बजार मंगलबार १.०३ अंक र बुधबार ६२.२५ अंकले बढेको बजार अन्तिम दिन बिहीबार १२.०४ अंकले घटेको थियो । पछिल्लो तीन सातादेखि बजार परिसूचक नकारात्मक अवस्थामा रहँदै आएको थियो । तर, नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने भनिएसँगै बुधबार बजारले छलाङ मारेको थियो । तर, राजनीतिक अन्यौलताबिच गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदा अन्तिम दिन बजार घट्न पुगेको हो ।
बजार घटे पनि कारोबार रकमले भने राम्रो संकेत गरेको छ । पछिल्लो दुई दिन १० अर्बभन्दा धेरै कारोबार भएको परिसूचक सातामा ५५ खर्ब ६६ करोड रुपैयाँ बराबर पुगेको थियो । यो साता बजारमा ४ लाख ९९ हजार पटक कारोबार हुँदा १२ करोड ६६ लाख कित्ता कारोबार भएको नेप्सेले जनाएको छ । यो साता सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पनि ल्याएको छ । यद्यपि नीति तथा कार्यक्रमले बजार परिसूचक तटस्थ देखिएको छ । यद्यपि नीति तथा कार्यक्रमलाई शेयर लगानीकर्ताहरू बजारमैत्री नै रहेको बताउँदै आएका छन् ।
यो साता बजारको वृद्धिदर धेरै नभए पनि उतार चढाव भने उच्च देखिएको छ । सातामा बजार परिसूचक न्यूनतम २६८७.३८ अंकमा पुगेको छ भने न्यूनतम २६०४.७९ अंकसम्म झरेको देखिएको छ, जुन ८२.५९ अंकको फरक हो । यो साता १३ वटा समूहका सूचकमध्ये दुई सूचक घट्दा बाँकी बढेको छ । यसमध्ये फाइनान्स समूह ६.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर ४.४७ प्रतिशत, निर्जीवन बिमा ३.३८ प्रतिशत र जीवन बिमा २.१९ प्रतिशतले बढेको देखिन्छ ।
त्यस्तै बैंकिङ, होटल, उत्पादन तथा प्रशोधनमूलक उद्योग र माइक्रोफाइनान्स समूहमा पनि १ प्रतिशत भन्दा धेरै वृद्धि देखिएको छ । विकास बैंक र म्युचुअल फण्ड ०.५९ प्रतिशतले बढ्दा लगानी तथा अन्य समूहको परिसूचक घटेको देखिएको हो । पछिल्लो दिनको क्यान्डलको विश्लेषण गर्दा अहिलेको अवस्थाले अल्पकालीन रिभर्सल वा बाउन्सको संकेत गर्छ । तर, रातो क्यान्डलका कारण खरिदकर्ताको कमजोर बनेको देखिन्छ । अहिलेको अवस्थामा २६८० देखि २७०० लाई पहिलो अवरोध लेबल तथा २५८० खेखि २६०० लाई पहिलो टेवा विन्दु देखाएको छ । यो तहभन्दा माथि बजार जाँदा बुलिस ट्रेन्डमा जाने । यो तहभन्दा तल झर्दा बियरिस ट्रेन्डमा जाने संकेत देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्