जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार ११:४१

एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ८८ हजार ९ सय पुग्यो


काठमाडौं, कात्तिक १९ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

एकैदिन सुन र चाँदी दुवैको मूल्यमा भएको यो वृद्धिले नेपाली बजारमा बहुमूल्य धातुको कारोबार महँगिएको छ।