काठमाडौं, मंसिर १७ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्