जनता टाइम्स

२४ मंसिर २०८०, आईतवार १८:५२

प्रधानमन्त्रीपुत्री गंगाको बदमासीले सीमा नाघेपछि प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा


काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ ।

पार्टीका बरिष्ठ नेतासमेत रहनुभएका प्रमुख सल्लाहकार गजुरेलले मंसिर २० गते राजीनामा दिनुभएको हो । यद्यपी प्रधानमन्त्री दाहालले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छैन ।

०७९ माघ ९ गते गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहालको कारण गजुरेलले राजीनामाको बाटो लिनुभएको बताइएको छ ।