जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १५:०१

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलनको तयारी पूरा


काठमाडौं, २४ फागुन । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको १२औँ सम्मेलनको तयारी पूरा भएको छ ।

फागुन २६ गते शनिवार पार्टी केन्द्रीय कार्यालयतुलसीलाल स्मृति प्रतिष्ठान च्यालनमा आयोजना हुने सम्मेलनको सबै तयारी पूरा भएको सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार अधिवेशनमा ८ वटा पालिका र अन्य जनसंगठनबाट सदस्य संख्याको आधारमा कुल ३३४ जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।

अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट १११ जना प्रतिनिधि सहभागी हुनेछन् भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना प्रतिनिधि सहभागी रहनेछन् । मन्थली नगरबाट ५१ जना, रामेछाप नगरबाट २६ जना, लिखु तामाकोशी गाउँपालिकाबाट ४१ जना र दोम्बार शैलुङ गाउँपालिकाबाट २५ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै गोकुलगंगाका गाउँपालिकाबाट र सुनापती गाउँपालिकाबाट समान १९/१९ जना प्रतिनिधि छनोट भएका छन् । आयोजक कमिटी, सल्लाहकार र जनवर्गीय संगठनबाट समेत अधिवेशनमा प्रतिनिधि सहभागी हुँदैछन् ।