प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नयाँ सत्ता समीकरणमा सामेल भएपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर दिएको थियो । दाहाल सरकार ढालेर आफ्नै नेतृत्वको गठबन्धन बनाउन लागेको कांग्रेसले दिएको प्रधानमन्त्रीको अफर अस्वीकार गरेर उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी भएपछि ऊ बिच्किएको छ । रबिकै कारण आफूहरुलाई धोका दिएर सत्ताबाट पत्तै नदिएर सडकमा पुर्याइदिने प्रधानमन्त्री दाहालको सरकार टिकेकको भन्दै बदला स्वरुप कांग्रेस यो रबिबिरुद्ध हात धोएर लागेको देखिएको छ ।
गणेश बस्नेत
सत्ताबाट एकाएक गलहत्याइएर बिपक्षी बेञ्चमा पछारिएको नेपाली कांग्रेसका नेताहरुमा यतिबेला निकै बेचैनी छाएको प्रष्ट तस्विर देखिएको छ । दक्षिणतिरको राम्रो साथ हुँदाहुँदै संसदको सवैभन्दा ठूलो दल भएर पनि अपमानपुर्वक गलहत्याएर सत्ताबाट निकालेपछि आक्रोशित पनि छन कांग्रेस नेताहरु । सत्ताबाट बाहिरिनु परेको आक्रोश कतिसम्म छ भन्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन २२ गते दिनुभएको धम्कीबाटै प्रष्ट हुन्छ । देउवाले त्यसदिन भारतले ४८ घन्टामा प्रचण्डलाई सरकारबाट फालिदिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नामै किटेर भन्नुभयो, ‘त्यो (प्रचण्ड) महाफटार र धोकेवाजसँग बदला लिएरै छाडछु । त्योसँग बदला लिन्छु–लिन्छु–लिन्छु ।’
देउवाको यो आक्रोशपछि कांग्रेस संस्थापन पक्ष सरकार र मन्त्रीहरुबिरुद्ध आक्रामश बनेको छ । पार्टीभित्रै सभापति देउवाको तानाशाही शासन झेलिरहेको संस्थापन इतर समुह समेत सत्ताबाट प्रतिपक्षमा पुग्दा मर्माहत जस्तो देखिएको छ । ‘हाम्रो सरकार छ, देखाइदिन्छु’ भन्दै असुलीमा फल्केकका संस्थापन इतर समुहका नेता पनि सवै कुरा बिर्सेर प्रधानमन्त्री दाहालसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेबिरुद्ध खनिएका छन । रबिलाई हल्लाउन सकेको अवस्थामा अहिलेको गठबन्धन फेर्न सकिने दक्षिणतिरको सन्देशका कारण कांग्रेस नेताहरु यतिखेर आफ्नो सवै हतियार त्यतै तेस्र्याएर प्रहार गर्न थालिसकेका छन ।
यही निश्कर्षका कारण हुनसक्छ, कांग्रेस नेताहरु अहिले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेबिरुद्ध हात धोएरै बिरुद्धमालागेका छन । सहकारी प्रकरणसँग गृहमन्त्री लामिछानेबिरुद्ध उजुरी रहेको भन्दै कांग्रेस महामन्त्री गगन थापासहितका नेताहरु लगातार राजीनामाको अडान राखेर उहाँबिरुद्ध आजाव उठाइरहेका छन । रबिबिरुद्ध नेपाली कांग्रेसले लगातार संसद्मा आवाज उठाउन थालेको छ । सहकारीको रकम अपचलनबारे गृहमन्त्री लामिछानेबिरुद्ध अहिलेसम्म संसदमा कांग्रेस महामन्त्री गगन थापासहित आधा दर्जनभन्दा बढी सांसदले आवाज उठाइसक्नु भएको छ ।
ग्यालेक्सी फोर के टेलिभिजनमा गृहमन्त्री लामिछाने सञ्चालक रहँदा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानोपाइला लगायतका सहकारीको रकम अपचलन गरेको आरोप लाग्दै आएको छ । सोही बिषयलाई कांग्रेसले बिकाउ मसला बनाएको हो । कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनलाई जोडसँग उठाएको छ ।
सहकारीको रकम गोर्खा मिडियामा नेटवर्कका लागि लगानी गरिएको र रकम सार्ने बेला गृहमन्त्री लामिछाने जिम्मेवार पदमा रहेकाले छानबिन गर्नुपर्ने कांग्रेसको अडान छ । गृहमन्त्रीलाई ‘दाग’ लागिसकेकाले संसदीय छानबिन गर्नुपर्ने माग कांग्रेसको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत आरोपको औचित्य नरहेको भन्दै छानविन अस्वीकार गर्दै आउनु भएको छ । चैत ६ गते प्रधानमन्त्री दाहालले संसदमै गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको जवाफ नै दिनुभएको छ ।
सरकारले छानबिन समिति बनाउन तयार नरहे सदन सहज रुपमा सञ्चालन गर्न नदिने कांग्रेसको अडान रहेको छ । थापासहित रामहरि खतिवठा, रमेश लेखक, एनपी साउदलगायतका नेताहरुले गृहमन्त्री लामिछानेबिरुद्ध लगातार आवाज उठाइरहनु भएको छ । कांग्रेसले बिगतको अभ्याशलाई देखाउँदै संसदीय छानविन अनिवार्य भनेको छ भने सत्तारुढ दल बिबक्षमा उत्रिएका छन । राज्यब्यवस्था समितिका सभापतिसमेत रहनुभएका कांग्रेस सांसद रामहरि खतिवडा संसदीय छानबिन समिति पार्टीको ‘बटमलाइन’ भएको बताउनु हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नयाँ सत्ता समीकरणमा सामेल भएपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर दिएको थियो । दाहाल सरकार ढालेर आफ्नै नेतृत्वको गठबन्धन बनाउन लागेको कांग्रेसको प्रधानमन्त्रीको अफर अस्वीकार गरेर उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी भएपछि कांग्रेस बिच्किएको छ । रबिकै कारण आफूहरुलाई धोका दिएर सत्ताबाट पत्तै नदिएर सडकमा पुर्याइदिने प्रधानमन्त्री दाहालको सरकार टिकेकको भन्दै बदला स्वरुप कांग्रेस यो रबिबिरुद्ध हात धोएर लागेको देखिएको छ ।
‘संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न दिन्नौं,’ खतिवडाको भनाई छ । संसदीय छानविन हुनुपर्ने मागमा रहेको कांग्रेसले समिति बने गृहमन्त्रीको पद जाने र त्यो अवस्थामा सरकार कमजोर हुने मनसाय देखिन्छ । बिगतमा संसदीय छानविन हुँदा मन्त्रीहरुले राजीनामा दिएको र रबिले पनि दिन बाध्य हुनुपर्ने भएकोले समितिको मागमा कांग्रेस अडिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नयाँ सत्ता समीकरणमा सामेल भएपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर दिएको थियो । दाहाल सरकार ढालेर आफ्नै नेतृत्वको गठबन्धन बनाउन लागेको कांग्रेसको प्रधानमन्त्रीको अफर अस्वीकार गरेर उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी भएपछि कांग्रेस बिच्किएको छ । रबिकै कारण आफूहरुलाई धोका दिएर सत्ताबाट पत्तै नदिएर सडकमा पुर्याइदिने प्रधानमन्त्री दाहालको सरकार टिकेकको भन्दै बदला स्वरुप कांग्रेस यो रबिबिरुद्ध हात धोएर लागेको देखिएको छ । बर्तमान सरकार ढाल्ने अस्त्रका रुपमा कांग्रेसले गृहमन्त्री रबिको मुद्धा उठाएको रहष्य पनि उस्कै नेताहरुले खोलिसकेका छन ।
रबिमाथि दवाव बढाउँदा गठबन्धन धर्मराउने र त्यही मौकामा नेकपा एस र जसपालाई पनि आफूतिर तानेर दाहाल सरकार ढाल्ने रणनीतिसहित गृहमन्त्रीबिरुद्ध लडाई केन्द्रित गरिएको जनाउ महामन्त्री थापाले आफू निकट सांसदहरुलाई गराउनु भएपछि यो तथ्य उजागर भएको हो । महामन्त्री थापाले सभापति शेरबहादुर देउवा र आफ्ना टीम नेता डा. शेखर कोइरालासमेतको सहमतिमा अघि बढाइएको भन्दै सुनाएको योजनाअनुसार आफूहरुको दवावले सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार भए छानबिनमा सहयोग पुर्याउन गृहमन्त्री लामिछाने माथि नैतिक संकट उत्पन्न हुनेछ ।
समितिलाई निर्वाध कार्य गर्न र अनुसन्धानलाई प्रभावित हुन नदिन पदीय भूमिकाबाट हट्नुपर्ने अर्को माग पनि उठ्न सक्छ । आफूमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुँदा पूर्वअर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको उदाहरण देखाइने छ । यसो भयो भने सरकार संकटमा पर्न सक्छ । कांग्रेसको यो षठयन्त्र बुझेर नै सत्ता गठबन्धन गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको पक्षमा देखिएको छैन । संसदीय छानबिन समिति नबन्ने छनक सत्ता गठबन्धनको पहिलो दल एमालेले दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्