जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार ०८:३१

इमान्दार चार नेपालीलाई कतारमा १८ लाख पुरस्कार


काठमाडौँ, असोज १५

विश्वमा नेपालीले इमानदारीताको पहिचान बनाएको छ । विगतदेखी नै नेपालीले विदेशी माझ इमानदारिताको उदाहरण दिदै आएको छ । यसैक्रममा कतारस्थित नासर अल अली कम्पनीले चार जना नेपालीलाई इमानदार र लगनशील भएको भन्दै लाखौं रुपैयाँ पुरस्कार वापत दिएको छ ।

कम्पनीले वर्षभरि इमानदार र लगनशील भएर काम गरेको भन्दै नवलपरासीका खडगबहादुर मगर, सिरहाका भरोसी यादव, उदयपुरका विष्णु थापा मगर र रामहृदय यादवलाई पुरस्कृत गरेको हो । उनिहरुलाई ६० हजार रियाल (१८ लाख रुपैयाँ) पुरस्कार दिएको छ । प्रतिकामदार १५ हजार रियाल पुरस्कार दिइएको हो ।