चितवन, असार ३ । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।
मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन ।
बर्षा याम सुरु भएसँगै सो सडक खण्ड अवरुद्ध हुन क्रम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्