जनता टाइम्स

२६ असार २०८१, बुधबार १२:५३

भोजपुरको टेम्केमैयुङमा भासियो मध्यपहाडी लोकमार्ग


भोजपुर, असार २६ । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरमा सडक भासिएको छ ।

टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको छ । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।

उक्त स्थानमा आज बिहान सडक भासिएको हो । वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको र सडकमा ठूलो क्षति भएको उपाध्यक्ष राईले बताउनु भयो । बर्षा जारी रहे अझ बढी क्षति हुनसक्ने स्थानीयवासीको भनाई छ ।