जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ११:३०

विश्वासको मतपछि प्रचण्डले पत्रकार सम्मेलन गर्दै


काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्नुहुनेभएको छ । अहिले ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा बैठकबाट दाहालले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।