जनता टाइम्स

२ भाद्र २०८१, आईतवार १३:२६

अनेरास्वबियु कपिलबस्तुको अध्यक्षमा खडका निर्वाचित, यस्तो बन्यो टीम


कपिलबस्तु, भदौ २ । अनेरास्ववियुको कपिलवस्तु जिल्ला अध्यक्षमा निशान खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न २५ औं जिल्ला अधिबेशनबाट ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रकाश न्यौपाने, सुदिप खनाल, सचिवमा पारस मरासिनी, सहसचिवमा पशुपति गिरी, अस्विन केसी, सीता अधिकारी र शिवलाल ठाकुर तथा कोषाध्यक्षमा अभिषेक यादव चयन हुनुभएको छ ।