जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १५:१८

रबिलाई मुकुल ढकालको जवाफ : नैतिकरूपले पतित पात्रलाई नैतिकता कै प्रश्न के गर्नु ?


काठमाडौं, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रबि लामिछाने नैतिक रुपमा पतित पात्र रहेको ठोकुवा गर्नुभएको छ ।

रास्वपाले आज साधरण सदस्यबाट समेत निश्काशन गरेपछि आफ्नो प्रतिक्रिया दिँदै ढकालले रबि लामिछाने पतित पात्र भएको ठोकुवा गर्नुभएको हो । ‘रवि लामिछाने क्लवबाट निश्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन,’ ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

उहाँले रबिले आफूमाथि गरेको कार्वाही बिधानबिपरित रहेको ठोकुवा पनि गर्नुभएको छ ।

‘न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि । नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर पनि उनी कतिसम्म पतित रहेछन, हेर्दै जाउँला । समयले पुष्टी गर्दै जानेछ,’ ढकालले भन्नुभएको छ ।

‘र अर्को कुरा’ भन्दै मुकुलले थप्नुभएको छ, ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडका छन । आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुष्साहष गर्दैछन । सम्बन्धित निकायको ध्यान जाओस । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न ?, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस । एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’