जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १०:२९

चिनिया राष्ट्रपतिको भ्रमण ऐतिहासिक रहेको प्रधानमन्त्री ओली र प्रचण्डको निष्कर्ष


काठमाडौं, असोज २७

चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणको समिक्षा गर्नुभएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएको भोलीपल्टै प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भ्रमणको समिक्षा भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा भ्रमण ऐतिहासिक रहेको निष्कर्ष निकाल्नु भएको छ । २३ वर्षपछि भएको भ्रमण ऐतिहासिक र उपलब्धी मुलक भएको दुई नेताको निष्कर्ष रहेको खुमलटार स्रोतले जानकारी दिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले दुवै नेताबीच सी को भ्रमणका विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिनुभयो । स्रोतका अनुसार दुई नेताबीच पार्टी एकताको बाँकी काम र मन्त्रीहरु हेरफेरका विषयमा पनि छलफल भएको बताइएको छ ।