काठमाडौं, असोज २२ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरोपीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा विगतदेखि नै सहयोग गर्दै आएको सो बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्