जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १९:४०

पूर्वराजा शाह दुई साता लामो बसाइका लागि झापामा


काठमाडौं, ११ जेठ ।  राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा पुग्नुभएको छ ।उहाँ दुई हप्ते बसाइका लागि दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुग्नुभएको हो । अपराह्न ४ बजेको बुद्ध एयरको विमानबाट उहाँ झापा पुग्नुभएको हो । पूर्वराजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपालको टोली दुई दिनअघि नै काठमाडौँबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुगेको छ। हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्वराजाको परिवारका सदस्यहरूको आउनेजाने क्रम चलिरहेको बताइएको छ।