काठमाडौं, असोज ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई आफ्ना धारणा राख्न कुनै पनि प्रकारको व्यवधान नहुने वातावरण बनाउन स्वयंसेवकहरूलाई निर्देशन दिनुभएको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठक उद्घाटन गर्नुअघि सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वयंसेवकहरूलाई बैठकमा केन्द्रीय सदस्यहरूको आवतजावत र विचार व्यक्त गर्ने क्रममा कुनै अवरोध नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले स्वयंसेवकहरूले अध्यक्षको निर्देशन पालना गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष ओलीले बैठक ठूलो अभिभारा बोकेर सुरु भएको उल्लेख गर्दै देश र पार्टीका कार्यकर्ताले बैठकबाट अपेक्षा राखेको बताउनुभयो ।
उहाँले कार्यकर्ता पंक्तिको अपेक्षाअनुसार बैठक सफलतापूर्वक सम्पन्न गरेर उठ्ने दाबीसमेत गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्