नवलपुर, फागुन ६ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिवमा आश गुरुङ निर्वाचित हुनुभएको छ । सचिवहरू गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष मदन तिमल्सिना चुनिनु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्