काठमाडौं, ६ असार । आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यस अघि पनि तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भनिएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर रहेका कारण बैठक हुन सकेको थिएन ।
अजै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि छ । बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।
आज दिउँसो ४ बजे प्रधानमन्त्रीले ललितपुरको ग्वार्कोमा निर्माण गरिएको फ्लाइ ओभर उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्