जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार ०८:३७

सुदूरपश्चिमका कानून सचिव सुवेदीको अभिब्यक्तिप्रति प्रेस चौतारीको कडा आपत्ति, कडा कार्वाहीको माग


काठमाडौं, बैशाख २२ । प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत कानून सचिव लिलाधर सुवेदीले आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै क्षमा माग्न चेतावनी दिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते सचिव सुवेदीले अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दैैं समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिब्यक्ति दिएको भन्दै प्रेस चौतारीले क्षमायाचना गर्न सचेत गराएको हो । प्रेस चौतारीका महासचिव हिरामान लामाले बिज्ञप्तिी जारी गरी सुवेदीमाथि कानूनी कार्वाहीको समेत माग गर्नुभएको छ ।

सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस रााम गरेका छन । ‘पत्रकारले लेखेको समाचारमा चित्त नबुझे वा मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर कानूनले स्थापित गरेको बिधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रचलित अभ्यास रहेको छ । त्यसविपरीत जिम्मेवार ओहदामा रहेका व्यक्तिको यति निकृष्ट शैली प्रेस जगतलाई बदनाम गराउने मनसायले प्रेरित रहेको प्रष्ट छ । हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस हर्कतप्रति घोर आपत्ति प्रकट गर्दछ,’ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘पत्रकारिता क्षेत्रमाथि बदनीयत राखेर हतोत्साहित गर्ने गरी अभिव्यक्ति दिने प्रदेश सचिव सुवेदीलाई आफ्नो अभिब्यक्तिप्रति क्षमा माग्न आग्रह गर्दछ । साथै पत्रकारिता क्षेत्रमाथि संघीन आक्षेप लगाइएको यस घटनाको छानविन गरी कानूनी कार्वाहीको लागिसमेत सम्बन्धित पक्षसँग प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दैैं समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिब्यक्ति दिएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार लिंक शेयर गर्दै सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस रााम गरेका छन । पत्रकारले लेखेको समाचारमा चित्त नबुझे वा मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर कानूनले स्थापित गरेको बिधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रचलित अभ्यास रहेको छ । त्यसविपरीत जिम्मेवार ओहदामा रहेका व्यक्तिको यति निकृष्ट शैली प्रेस जगतलाई बदनाम गराउने मनसायले प्रेरित रहेको प्रष्ट छ । हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस हर्कतप्रति घोर आपत्ति प्रकट गर्दछ ।

साथै पत्रकारिता क्षेत्रमाथि बदनीयत राखेर हतोत्साहित गर्ने गरी अभिव्यक्ति दिने प्रदेश सचिव सुवेदीलाई आफ्नो अभिब्यक्तिप्रति क्षमा माग्न आग्रह गर्दछ । साथै पत्रकारिता क्षेत्रमाथि संघीन आक्षेप लगाइएको यस घटनाको छानविन गरी कानूनी कार्वाहीको लागिसमेत सम्बन्धित पक्षसँग प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ ।

हिरामान लामा
महासचिव