काठमान्डौ, बैशाख २३ । संचार तथा सुचना प्रवीधीमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा खोजी पत्ररीताको अभाव रहेको बताउनु भएकोछ।
नेपाल पत्रकार महासंघको आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा आज काठमाडौमा गरिएको विश्वसनीय पत्रकारीताका लागि सूचनाको हकको प्रयोग अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री गरुङले सरकारलाई समाजको वास्तविकता देखाउने र ध्यान केन्द्रीत गराउने खालका खोजमुलक पत्रकारीता अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले आम संचार विधेयक माथि सम्पर्ण सरोकारवालासँग छलफल गरेर विधेयक ल्याउने हॅदा महत्वपुर्ण सुझाव दिन अनुरोध गर्नु भयो ।
पत्रकारीताको गुणस्तरियता महत्वपुर्ण रहने हुँदा पत्रकारलाई प्रशिक्षन दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको पनि मन्त्री गुरुङले बताउनु भयो । उहॅाले भन्नु भयो, ´हामीलाई गुणस्तर पत्रकारीताको खाचो छ । त्यसका लागी तालिम केन्द्र आवश्यक छ ।´
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शिता जरुरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राख्नु भयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक डा. सुरेश आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनु पर्ने भएपनि पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउन लागि सक्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारीता र सूचनाको हक पर्यावाची जस्तै भएको बताउनुभयो । उहाँले सञ्चार मन्त्रीलाई पत्रकार महासंघ संग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्