जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार १९:५५

प्रधानमन्त्रीले २८ गते राष्ट्रियसभामा सम्बोधन गर्ने


काठमाडौं, २३ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वैशाख २८ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री जवाफ दिने कार्यक्रम राखिएको उहाँले बताउनुभयो।

‘आर्थिक वर्ष २०८२र०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ,’ दाहालले भन्नुभयो, ‘राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ।’