काठमाडौं, बैशाख २४ । जनताटाइम्स डटकमका प्रमुख गणेश बस्नेतलाई सरकारले बरिष्ठ पत्रकार सम्मान २०८१ बाट सम्मानित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार राष्ट्रपतिभवन शीतल निवासमा आयोजित बिशेष समारोहबीच प्रमुख बस्नेतलाई नेपाल सरकारको तर्फबाट सो सम्मान प्रदान गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा हरेक बर्षको बैशाख २४ गते बरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १० बर्ष अघि गोरखापत्र स्थापना भएको दिन (बिसं १९५८ बैशाख २४) लाई राष्टिेरय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।
सोही अनुसार सरकारको तर्फबाट सञ्चार मन्त्रालयले हरेक बर्ष २ जना पत्रकारलाई २ लाख रुपैयाँसहित बरिष्ठ पत्रकार सम्मान र ६ जना पत्रकारलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । गत बर्ष २०८१ को बरिष्ठ पत्रकार सम्मानबाट प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्षसमेत रहनुभएका जनताटाइम्स डटकमका प्रमुख बस्नेतलाई सम्मानित गरिएको हो ।
छलफल साप्ताहिकबाट २०५० सालमा पत्रकारिता सुरु गर्नुभएका बस्नेतले दुई दर्जनभन्दा बढी सञ्चार माध्यमका काम गर्नुभएको छ भने आधार दर्जन बढीमा सम्पादन कक्षको नेतृत्व गर्नुभएको छ । बस्नेतलसँगै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोखरेल (दाङ)लाई बरिष्ठ पत्रकार सम्मान २०८१ बाट सम्मानित गरिएको छ ।
सोही अवसरमार राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ लोकान्तरका प्रमुख विमल गौतम (बाग्लुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोग्शरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (सङ्खुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) लाई प्रदान गरिएको छ । सञ्रचा तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार सम्मान–२०८१ को राशि दुई लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ एक लाख रुपैयाँ राशि रहेको थियो । सञ्चार तथा सूचना मन्त्रालयले बरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार छनोटका लागि सचिव राधिका अर्यालको नेतृत्वमा सिफारिश समिति गठन गरेको थियो । समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सञ्चारिका समुहकी अध्यक्ष कमला पन्थीसहित बिज्ञहरु रहनुभएको थियो । समितिको सिफारिशको आधारमा सञ्चारमन्त्री गुरुसञ्चार मन्त्री गुरुङले पुरस्कृत गर्ने निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्