जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार १९:०२

ललितपुर महानगरपालिकामा भोलि स्थानीय बिदा


काठमाडौं, २५ वैशाख।  ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ । नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तको अवसरमा भोलि शुक्रवार स्थानीय बिदा दिने निर्णय भएको महानगरले आज निकालेको सूचनामा उल्लेख छ ।

नगरवासीको उल्लेख्य उपस्थिति र धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगर र मातहतका कार्यालयमा स्थानीय बिदा हुने गरी बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले निकालेको सूचनामा उल्लेख छ ।