काठमााडौं, ३० वैशाख । हिजो देशका केही ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोक, बारा, सिराहालगायतका ठाउँमा ठूलो पानी परेको हो ।
वर्षासँगै काभ्रेको पनौती र रोशीमा बाढी आएको छ । पनौतीमा कुलो तर्ने क्रममा एक महिलालाई बाढीले बगाएको काभ्रे प्रहरीले जनाएको छ ।
बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । अहिले पनि मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परिरहेको छ । आज कोशी, गण्डकी र बागमतीका पहाडी भेगमा पानी पर्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्