जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १८:४७

सम्पादक यसिमा महतको राजीनामा स्वीकृत


काठमाडौं, बैशाख ३० । जनताटाइम्स डटकमकी सम्पादक यसिमा महतको राजीनामा स्वीकृत भएको छ ।

सुयोग मिडिया हाउसको सञ्चालक समिति बैठकले सम्पादक महतले यही बैशाख १ गते दिनुभएको राजीनामा स्वीकृत गरेको हो । बिगत ६ बर्षदेखि जनताटाइम्सको समाचार सम्पादक, कार्यकारी सम्पादकको रुपमा कार्यरत रहनुभएकी महत तीन बर्षदेखि सम्पादकको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

गत २०८१ चैत पहिलो साताबाट बिदामा रहनुभएकी सम्पादक महतले बैशाख १ गते राजीनामा दिनुभएको थियो । सञ्चालक समिति बैठकले सम्पादकको रुपमा संस्थामा उल्लेखनीय योगदान गरेको भन्दै महतलाई धन्यवाद दिएको छ ।

सुयोग मिडियाले उहाँको आगामी पत्रकारिताको यात्रा सफल होस भन्ने शुभकामना समेत दिएको छ ।