काठमाडौँ । केपी ओली नेतृत्वको नयाँ सरकार आएपछि पनि केही भएन भन्नेलाई अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक– धुलिखेल सडक विस्तारको कामले जवाफ दिइरहेको छ ।
सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले तीव्र गतिमा अघि बढेको छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी काम सुरु गरिएको सो सडकको काम लामो समयसम्म सुस्ताएको थियो । केपी ओली नेतृत्वको सरकार बनेपछि सडक निर्माणको कामले गति लिएको छ ।
विसं२०७९ पुस २४ बाट सुरु गरिएको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब ३० प्रतिशत काम भएको छ । सडक निर्माणको काममा ढिलाइ भएको प्रति प्रधानमन्त्रीले चासो लिएपछि निर्माणले गति लिएको छ ।
कूल ७.५ किमी लामो सूर्यविनायक–साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैँया र साँगा–धुलिखेल ८.४ किलोमिटर सडक खण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैँयामा ठेक्का सम्झौता भएको थियो । सो आयोजनाको धुलिखेलसम्म मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक बन्ने छ ।
आयोजनाको धुलिखेल–बासँघारी सडक सर्भिस लेन बाहेक पिच भएको छ । अन्य क्षेत्रमा पनि धमाधम काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्